अहिले राजधानी किएभको ७० प्रतिशत भाग विद्युत् आपूर्तिविहीन

50

एजेन्सी । युक्रेनका ऊर्जा संरचनाहरूमा रुसले व्यापक आक्रमण गरिरहँदा त्यहाँको स्थिति निकै नाजुक बनेको छ ।

अहिले युक्रेनमा सबैतिर जाडो बढेको छ र त्यहाँका अधिकांश नागरिकले पानी र बिजुलीको अभाव बेहोरिरहनुपरेको छ । उनीहरू यस्तो अवस्थामा बाँच्न गाह्रो छ ।
युक्रेन सरकारले चर्का नारा लगाएर रुसविरुद्ध युद्ध लम्ब्याइरहेको भए पनि लाखौं नागरिकको जीवनलाई सुरक्षित बनाउन सकेको छैन । उसका पश्चिमी सहयोगीहरूले आगोमा घ्यू थप्ने काम गरिरहेका छन् ।

अहिले राजधानी किएभको ७० प्रतिशत भाग विद्युत् आपूर्तिविहीन छ । आधा भागमा पानी छैन । देशका विभिन्न क्षेत्रमा बिजुली गइरहन्छ ।

देशका आणविक भट्टीहरू बन्द गरिएका छन् ।  यसरी रुसले युक्रेनको ऊर्जा संरचनामा आक्रमण गरिरहँदा युरोपेली संसद्ले रुसलाई आतंकवादको प्रायोजक संज्ञा दिएको छ । तर युक्रेन सरकारले डोनबास क्षेत्रमा ऊर्जा र पानी आपूर्ति काटिदिएको तथ्यलाई युरोपेली संसद्ले बेवास्ता गरेको छ । अनि रुसीभाषी नागरिकका विरुद्ध प्रतिआतंकवादी कारवाही चलाएर मान्छे मारेको कुरालाई पनि उसले ध्यान दिएको छैन ।

अनि सन् २०१४ मा मध्य जाडोमा युक्रेन सरकारले क्राइमियामा विद्युत् आपूर्ति बन्द गरायो । त्यसका साथै उसले उत्तरी क्राइमियाको बाँध बन्द गरायो । त्यसले गर्दा क्राइमियामा कृषि गर्न सकिएन ।

प्यासले छटपटाएका क्राइमियालीहरूलाई भोलोदीमीर जेलेन्स्कीले त्यतिखेर टीभीमा जोकरको भूमिका खेल्दा उडाएका थिए ।

पश्चिमी सैन्य गठबन्धन नेटोले रुसविरुद्धको युद्ध जित्नका लागि युक्रेन तथा युक्रेनीहरूलाई बलि चढाउन खोजिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here