समानुपातिक प्रणालीतर्फ हालसम्म ९५ लाख ३६ हजार ९५१ मतगणना

64

काठमाडौं ।  समानुपातिक प्रणालीतर्फ हालसम्म ९५ लाख ३६ हजार ९५१ मतगणना भएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार बिहान ७ बजेसम्मकाे तथ्यांक हेर्दा नेकपा एमालेले २५ लाख ७५ हजार ८७७ मत प्राप्त गरी अग्रता कायमै गरेकाे छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ४५ हजार ५८४ मत पाएको छ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १० लाख ९४ हजार ६०६ मत पाउँदा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको १० लाख ७० हजार ६३५ मत छ।

यसैगरी, ५ लाख ५० हजार ३५० मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौँ स्थानमा छ भने जनता समाजवादी पार्टीले ३ लाख ५४ हजार २५२ मत पाएको छ। जनमत पार्टीले २ लाख ९४ हजार ४३५ मत पाउँदा नेकपा एकीकृत समाजवादीको २ लाख ६३ हजार ६०९ मत छ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार २१५, लाेसपाले १ लाख ३६ हजार ६३, नेमकिपाले ७३ हजार ९६, हाम्राे नेपाली पार्टीले ५३ हजार २२१ मत प्राप्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here