देशको अर्थतन्त्र संकटतर्फ उन्मुख

71

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले देशको अर्थतन्त्र संकटतर्फ उन्मुख भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

विराटनगरस्थित कोइराला निवासमा बुधबार बुद्धिजीवीहरूसँग अन्तरक्रिया गर्दै नेता कोइरालाले मुलुक आर्थिक रूपमा जर्जर हुने अवस्थामा पुगेको बताए। मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कोइरालाले मुलुकलाई सही बाटोमा अगाडि बढाउन बुद्धिजीवीहरूले खबरदारी गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘मुलुकको अर्थतन्त्र चिन्ताजनक अवस्थामा भएको हामी सबैले थाहा पाएकै छौँ। जबसम्म मुलुक आर्थिक रूपमा बलियो हुँदैन तबसम्म देशको विकास गर्न गाह्रो हुन्छ।’

यसका निम्ति बुद्धिजीवीहरूले मुलुकलाई सहीमार्गमा लैजान नेताहरूलाई निरन्तर खबरदारी गर्न आवश्यक रहेको कोइरालाले बताए।

नेता कोइरालाले मुलुकमा सुशासन, आर्थिक पारदर्शितालाई आफूले प्रमुख एजेन्डा बनाएको समेत जानकारी दिए।

सुशासनबिना मुलुकको विकास नहुने दाबी गर्दै कोइरालाले भ्रष्टाचार अन्त्यका लागि सबै दल र नेताले प्रण गर्नुपर्नेमा जोड दिए।

सो क्रममा वरिष्ठ साहित्यकार एवं मानव अधिकार तथा शान्ति समाज मोरङका अध्यक्ष प्राज्ञ दधिराज सुवेदीले प्रदेश–१ ले नेता कोइरालाबाट ठूलो आशा र भरोसा गरेको प्रस्ट्याएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here