राजस्थानस्थित उदयपुरमा हतियारले भरिएको सैनिक ट्रकमा भयानक आगलागी

43

काठमाडाैं । भारतको राजस्थानस्थित उदयपुरमा हतियारले भरिएको सैनिक ट्रकमा भयानक आगलागी भएको छ । आगो लाग्नेबित्तिकै खतरनाक विस्फोट हुन थाल्यो । ट्रकमा उपस्थित सेनाका जवानहरू ज्यान बचाउन ट्रकबाट हामफालेका थिए ।

केहीबेरमा पूरै ट्रक आगोको गोला बन्यो र पूरै क्षेत्र विस्फोटको आवाजले गुञ्जन थाल्यो। घटना भारतको उदयपुर जिल्लाको बकरिया थाना क्षेत्रअन्तर्गत गोगुंडा-पिंडवारा राजमार्गमा घटेको हो ।  शुक्रबार साँझ जोधपुरबाट एक दर्जन सैनिक ट्रक उदयपुरतर्फ प्रस्थान गरेका थिए । बेकरिया थाना इलाकाको सेम्ला थाला गाउँमा पुग्दा एक ट्रक एक्कासि तातेको अनुभव चालकले गरे ।

यो देखेर ट्रक चिसो नभएसम्म सेनाका सबै सवारी साधन रोकिएका थिए । त्यसपछि ट्रकहरू त्यहाँबाट अगाडि बढेका थिए । केही अगाडि पुगेपछि विद्युत सर्ट भएर आगो लागेको बताइएको छ। घटना हुँदा ६ जना सैनिक उक्त ट्रकमा सवार थिए । यस घटनामा कुनै हताहतीको खबर आएको छैन। सेनाले घटनाबारे उच्च अधिकारीलाई जानकारी गराएको छ । हेर्नुहोस्, भिडियो :

हेर्नुहोस्, भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here