काठमाडौं । सुनसरी, कोशी गाउँपालिका-४ स्थित सडकमा रामेछाप पावर कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिको को.१ क १७४० नम्बरको भ्याकु लोडर पार्किङ गरी राखेको अवस्थामा अचानक ब्याट्री सर्ट भई शनिबार साँझ आगलागी हुँदा भ्याकु लोडरको ईन्जिन जलेर करिब ४० लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
सिरहा, धनगढिमाई नगरपालिका-११ आम चोकस्थित ओम धनगढीमाई अटो रिपेयरिङग सेन्टरमा स.१ च १८८१ नम्बरको मारुती भ्यान मर्मत गर्ने क्रममा वाईरिङ सर्ट भई शनिबार आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


















