जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

113

डोल्पा । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ठुलीभेरी नगरपालिका-५ बस्ने २६ वर्षीय कुमार बुढालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बुढाले ती बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी माझफालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 3 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here