दोलखाको मतगणना रोचक बन्दै

55

काठमाडाैं । प्रतिनिधि सभातर्फ नतिजा आउन बाँकी दोलखाको मतगणना रोचक बन्दै गएको छ । सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्की र एमालेका बालकृष्ण शिवाकोटीबीच कडा प्रतिस्पर्धा छ ।

हिजो बिहानसम्म शिवाकोटीले अग्रता लिनुभएकोमा दिउँसोदेखि कार्कीले अग्रता लिनुभएको थियो । आज बिहान फेरि एमालेका शिवाकोटीले अग्रता लिनुभएको थियो ।

तर, फेरि अहिले माओवादीका कार्कीले अग्रता लिनु भएको छ । पछिल्लो मतपरिणामअनुसार कार्कीले ३५ हजार ७ सय ९० मत पाउनु भएको छ । शिवाकोटीको ३४ हजार ५ सय ९५ मत छ । उहाँहरुबीच १ हजार १ सय ९५ मतान्तर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here