सानिमा बैंककाे क्यू आर कोड समाहित शैक्षिक कर्जा स्वीकृत

46

काठमाडौं । सानिमा बैंक नेपालमै पहिलोपटक क्यू आर कोड समाहित शैक्षिक कर्जा स्वीकृति पत्र प्रयोगमा ल्याएको छ।  विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न जाँदा विद्यार्थीहरुले लिने शैक्षिक कर्जाको प्रमाणीकरण बैंकले विभिन्न निकायमा माग गर्नुपर्ने अवस्थालाई सरल र सहज बनाउन क्यू आर कोटसहितको कर्जा स्वीकृतिपत्र सानिमा बैंकले प्रयोगमा ल्याएको हो।  हाल कर्जा स्वीकृतिपत्रको प्रमाणीकरण विभिन्न निकायबाट पटक–पटक फोन वा इमेलमार्फत् हुँदै आएकोमा अब स्वीकृतिपत्रमा उल्लेखित क्यूआर कोट स्क्यान गरी बैंकको आधिकारिक वेबसाइमार्फत् विश्वको कुनै पनि स्थानबाट केही क्षणमै कर्जा प्रमाणित गर्न सकिने बैंकले जनाएको छ।  सानिमा शैक्षिक कर्जा बैंकका सबै शाखाबाट उपलब्ध हुने व्यवस्था गरिएको छ। बैंकले अधिकतम एक करोडसम्म आकर्षक ब्याजदरमा १५ वर्षसम्मको कर्जा प्रदान गरेको छ। बैंकका हाल सातै प्रदेशमा १३० वटा कार्यालयहरु र १२३ वटा एटिमए सञ्चालनमा रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here