सुकुम्बासी बस्ती हटाउने तयारी गरेपछि प्रदर्शन जारी

256

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती हटाउने तयारी गरेपछि आन्दोलनमा उत्रिएका भूमिहीनहरूले मंगलवार पनि प्रदर्शन जारी राखेका छन् ।

बस्तीमा महानगरपालिकाले डोजर चलाउने तयारी गरेपछि आन्दोलित भएका सुकुम्बासीहरूले मंगलवार काठमाडौं महानगरपालिकाको गेट अगाडि प्रदर्शन गरेका हुन् ।

आफूहरूको बसोबासको वैकल्पिक व्यवस्था नगरी बस्ती नहटाउन माग गर्दै आएका उनीहरूले प्रदर्शनलाई निरन्तर जारी राखेका छन् । उनीहरूले सोमवार माइतीघरमा प्रदर्शन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here