भीरबाट खसेर मृत्यु

42

दार्चुला । दार्चुलामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका–३ राडमका ५२ वर्षीय प्रेमसिंह ऐरीको मंगलबार राति बंतडको भीरबाट खसेर मृत्यु भएको हो।

लाली बजारतर्फ आउँदै गर्दा भीरबाट खसेर ऐरी २ सय मिटर तल महाकाली नदीमा खसेका थिए। त्यस्तै, बुधबार बिहान महाकाली नगरपालिका–३ का ३१ वर्षीय वीरसिंह भण्डारीको पनि भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। हुस्कर माध्यमिक विद्यालय काँटैको स्कुल धारदेखि लडेर उनी कल्चौडे खोलामा खसेका थिए।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here