काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि अमेरिकी नवनियुक्त राजदूत डीनआर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरूबीच एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा भेट भएको हो । भेटका क्रममा उनीहरूले आपसलाई शुभकामना व्यक्त गरे भने अन्तरदेशीय सम्बन्धलाई सुदृढ बनाउनेलगायतका विषयमा पनि कुराकानी गरेका छन् ।


















