लैङ्गिक हिंसाविरुद्ध गाेदावरीमा किशोर-किशाेरीलाई प्रशिक्षण

129

मायालु लामा,गाेदावरी । लैङ्गिक हिंसाविरुद्ध ललितपुरकाे गाेदावरी-२ स्थित किशोर किशाेरीहरूलाई सचेतना जगाउने उदेश्यले प्रशिक्षण दिईएकाे छ ।

लैङ्गिक हिंसाविरुद्धकाे १६ दिने अभियान अन्तर्गत हिँसाको विरुद्धमा गाेदावरी – २ काल्याचाैरस्थित डल्फिन ईङि्लस सेकेन्डरी स्कुलमा विद्यालयस्तरीय लैङ्गिक हिंसा,विद्युतिय अपराध,पारिवारिक शिक्षा, सेल्फ डिफेन्स तथा मानसिक स्वास्थ्य सम्बन्धि सचेतनामुलक प्रशिक्षण दिईएकाे थियाे।

लिङ्ग र लैङ्गिकताको आधारमा विभेद तथा हिँसा गर्नु हुँदैन र यो सामजिक तथा कानुनी अपराध भएकाले यस विरुद्ध सबै आवाज उठाउनका लागि विद्यालयका किशोर किशोरीलाई बुझाउन सके समाजमा हिंसा न्युनिकरणका लागि सन्देश जाने विश्वास लिईएकाे छ ।

ओरेक नेपालकाे प्राविधिक सहयाेगमा भएकोमा उक्त कार्यक्रममा प्रहरी प्रभाग बाँडेगाँऊ, मञ्जुश्री असहाय संरक्षण केन्द्र ललितपुर र जेसिआई गाेदावरीकाे सहकार्य रहेकाे थियाे ।

प्रहरी प्रभाग बाँडेगाँउबाट प्रहरी शहायक निरिक्षक अनिल चाैधरी, ओरेककि सुस्मिता रानामगर, मञ्जुश्रीबाट सावित्री विक,गाेदावरी सराेकारबाट साधना विक, प्रेरणा सिलवाल र कल्पना रामजाम लगायतले प्रशिक्षणका क्रममा हिंसा भनेकाे के हाे ? कुन कुन ठाउँमा कसरी हुन्छ ? कसरी न्युनिकरण गर्न सकिन्छ ? हिंसामा परेमा के गर्ने ? कसरी सुरक्षित रहने ? भन्ने विषयमा प्रष्ट्याएका थिए ।

समाजमा रहेका विकृति, विसङ्गती चिर्न शिक्षाकाे भुमिका महत्त्वपूर्ण रहेकाले शैक्षिक रूपले सबल बन्दै आत्मनिर्भर बन्न सकेमा हिंसा न्युनिकरणमा ठुलाे याेगदान पुग्ने उनीहरूकाे बुझाई छ । किशोर–किशोरी अवस्थामा धेरै यस्ता हिंसामा पर्ने भएकाले सचेतना जगाउन आवश्यक रहेकाले कार्यक्रम गरिएको आयाेजकले बताएको छ ।

बाल विवाह, दाइजो प्रथा, लैंगिक हिंसा, महिला हिंसा, लागुऔषध दुव्र्यसनी लगायतका विभिन्न लैंगिक हिंसा, महिला तथा बालबालिकामाथि हुने अपराधविरुद्ध सर्वसाधारणलाई सचेत पार्ने उद्देश्यकासाथ सचेतना कार्यक्रम सञ्चालन गरिदै आएको गाेदावरी सराेकारकी अध्यक्ष बेवी राज भण्डारीले जानकारी दिईन् ।

हिंसा र असमानताको घटना घटिरहेको समयमा सबैको साझा प्रयासमाबाट मात्र लैङ्गिक हिंसा विरुद्धको अभियानमा विजय प्राप्त गर्न सकिन्छ । त्यसको लागि तिनै तहका सरकार, नागरिक समाज, समुदाय, घर परिवार हिंसा विरुद्ध उभिन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here