अमेरिकामा फ्लूका ७ हजार ३ सय जनाको मृत्यु

51

लस एन्जलस । संयुक्त राज्य अमेरिकामा डिसेम्बर ३ सम्ममा फ्लूका सात हजार तीन सय जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

हप्तामा २५ हजारभन्दा बढी मानिस अस्पतालमा भर्ना भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रद्वारा शुक्रबार जारी गरिएको तथ्याङ्कले देखाएको छ ।

मौसमी इन्फ्लुएन्जा गतिविधि देशभर उच्च रहेको पनि केन्द्रले जनाएको छ ।

यस याममा संयुक्त राज्य अमेरिकामा हालसम्म फ्लुबाट कम्तीमा एक करोड ३० लाख बिरामी भएको र एक लाख २० हजार अस्पताल भर्ना भएका छन् ।

रासस/सिन्ह्वा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here