एजेन्सी ।, भारतको महाराष्ट्रको रायगढमा विद्यार्थी बोकेको बस आइतबार साँझ दुर्घटना भएको छ । दुर्घटनामा दुई जना विद्यार्थीको मृत्युभएको छ । बसमा ४८ जना विद्यार्थी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
विद्यार्थीहरु पिकनिक मनाएर फर्कनेक्रममा आइतबार साँझ करिब ८ बजेतिर बस दुर्घटना भएको थियो । दुर्घटनामा पर्ने कक्षा १० का विद्यार्थीहरु थिए । दुर्घटनामा चालक पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।


















