चर्चित गायक अग्नि पराजुली र चर्चित गायिका अस्मिता अधिकारीको स्वरकाे “र्याट्ट-र्याट्ट” गीतको भिडियो छिट्टै सार्वजनिक हुँदैछ ।
उक्त गीतमा मोडलद्धय सरोज राना प्रजा र आभा थापाकाे अभिनय रहेको छ, साथै बिग डान्स कम्पनीकाे बाल कलाकारहरुको पनि अभिनय रहेको छ । गीतमा अग्नि पराजुलीको शब्द तथा संगीत रहेको छ ।
त्यसैगरी, दिनेश पराजुलीको छायांकन रहेको भिडियोमा वीर बहादुर थारूको सम्पादन रहेको छ । गीतमा विश्व अधिकारीकाे एरेन्ज रहेको छ भने रेकर्डिष्ट / मिक्सङ तथा मास्टरिङ्ग आकाशको रहेको छ । उक्त गीतमा देव दोर्जे लामाको कोरियोग्राफी रहेको छ, भने सुरेन्द्र बसेलकाे निर्देशन रहेको छ ।
गीतको छायांकन भने राजधानी काठमाडौंको चाेभार लगायतको स्थानमा गरिएको छ । उक्त गीत छिट्टै सार्वजनिक हुने भएको छ । भिडियोको अफिसियल मिडिया पार्टनरमा तेजनेपाल, सारा संसार मिडिया लगायत अन्य रहेका छन ।


















