स्याङ्जामा सलह

80

स्याङ्जा – आधीखोला गाउँपालिकामा चौथो पटक सलह कीरा देखा परेको छ । असार १५ गते पहिलो पटक देखिएको सलह, साउन ४ र साउन २० गते देखिएको थियो । हाल देखिएको सलह जिल्लामा सबैभन्दा धेरै भएको र कोदो लगायतका बालीको विनास बनाएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलले भन्नुभयाे  ।

गाउँपालिकाको वडा नं ६ को लालिगुराँस, कलेनडाडाँ, बिमिरबोट मुद्रुपोला, ठुलीबेसीमा मा लाखौ सङ्ख्यामा रहेका छन भने अन्य वडामा समेत सलह रहेको स्थानीय हरिप्रसाद ढकालले बताउनुभयो । कोदो विनास पारेपछि लालिगुराँस टोलबाट लखेटेपनि ठूलीबेसीमा बालीमै सलह रहेको ढकालले  जनाए ।

टक पटक आएको सलहलाई समातेर ल्याउनेलाइ आँधीखोला गाउँपालिकाले ल्याउनेलाई प्रतिकिलो तीन सयका दरले नगद समेत दिएको छ र हालसम्म हालसम्म ३५ किलो सलह गाउँपालिकामा बुझाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here