सुनसरी । नेपाल कम्युनिस्ट पार्टी, मोरङ, झापा र सुनसरीले ३ बुँदे सहमति कार्यान्वयन गर्न सरकारले ल्याएको अध्यादेश रोक्ने षड्यन्त्रबिरुद्ध संयुक्त अन्तरकृया बिराटनगरमा गरेको छ ।
अन्तरकृयाका बक्ताहरूले, राजनीतिक बिचारको आधारमा कसैलाई दमन गर्न नमिल्ने र राज्यले गरेको सहममति अक्षरस पालना गर्नुपर्ने संयुक्त धारणा राखेका थिए ।
अन्तरकृयाका प्रमुख बक्ता नेकपा पोलिटब्यूरो सदस्य तथा सुनसरी धनकुटा इन्चार्ज दिपेश राईले सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनको लागि सरकारद्वारा जारि अध्यादेशलाई राष्ट्रपतिले प्रमाणिकरण गरेर कानुन बनाउने बाटो खुल्ला गर्नेमा बिश्वस्त रहेको जनाए । उनले भने, ‘३ बुँदे सहमति भएको झण्डै २ वर्ष बितिसक्दा पनि सहमतिको कार्यान्वयनप्रति धेरै षड्यन्त्रहरू भईरेका छन् । सहमति कार्यान्वयनको लागि सरकारद्वारा जारि अध्यादेशलाई पनि रोक्ने षड्यन्त्र भईरहेको छ । सम्पूर्ण राजनीतिक मुद्धा र एजेण्डाहरूलाई राजनीतिक तवरबाट नै समधान गर्नुपर्छ । त्यस कारण सरकारद्वारा जारि कानुन संसोधन बिधेयक सम्बन्धि अध्यादेश राष्ट्रपतिदा्वार प्रमाणिकरण हुन आवश्यक छ ।’

कार्यक्रममा नेपाली काँग्रेस, मोरङ कार्यबाहक सभापति भक्ति माझीले नेपाल कम्युनिस्ट पार्टीले उठाएको राजनीतिक मुद्धाहरू सम्बोधन गर्न र तत्कालिन सरकारसँग भएको सम्झौता कार्यान्वयनको लागि अध्यादेश आएको र उक्त अध्यादेशलाई राष्ट्रपतिले प्रमाणिकरण गर्नेमा आफू बिश्वस्त रहेको बताए । अन्तरकृयामा नेकपा (एमाले), मोरङ कार्यबाहक अध्यक्ष बाबुराम कार्की, नेकपा (माओवादी केन्द्र), मोरङ जिल्ला संयोजक बिजय बिश्वस, नेकपा (एकीकृत समाजवदी)का पोलिटब्यूरो सदस्य महेश रेग्मी, नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य बिमल निरौला, बैज्ञानिक समाजवदी कम्यूनिष्ट पार्टी नेपालका बुद्धि पासवनलगायत बक्ता सहभागिता जनाएका थिए ।
सबै बक्ताहरूले राजनीतिक स्थायित्व र शान्तिपूर्ण ढंगले जनतामा जान, नेकपा र तत्कालिन सरकारसँग भएको ३ बँदे सहमतिको कार्यान्वयनको लागि ल्याईएको अध्यादेश जारि हुनुपर्ने बताए । राजनीतिक बिचारको आधारमा कसैलाई दमन गर्न नमिल्ने र राज्यले गरेको सहममति अक्षरस पालना गर्नुपर्ने संयुक्त धारणा राखे । यस विषयमा समबन्धित निकायले गम्भीर रुपमा लिनुपर्ने पनि जनाए।
अन्तरकृया कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा झापा–मोरङ इन्चार्ज सुमन लिम्बूले गरेका थिए ।
















