आज नेपाल टी–क्रिकेट लिगमा दुई वटा खेल हुँदै

39

काठमाडाैं । नेपाल टी–क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् ।

आजको पहिलो खेलमा अहिले सवा ९ बजे लुम्बिनी अल स्टार र विराटनगर सुपर किङ्ग्स तथा दोस्रो खेलमा दिउँसो सवा १ बजे पोखरा एभेन्जर्स र जनकपुर रोयल्सबीच खेल हुनेछ । यी खेल कीर्तिपुर मैदानमा हुनेछन्।

हिजो भएको खेलमा लुम्बिनीले फार वेस्टर्न युनाइटेडलाई हराएको थियो भने उद्घाटन खेलमा पोखरा काठमाण्डौ नाइट्ससँग पराजित भएको थियो । विराटनगर र जनकपुर आज पहिलो खेल खेल्न लागेका हुन् । ६ टोली सहभागी प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ ।

डबल राउण्डमा भइरहेको लिगमा ३४ खेल हुनेछन् । लिगको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here