यस वर्षको कियाचु इमानसिंह चेम्जोङ पुरस्कार आङदेम्बेको कृतिलाई दिने निर्णय

203

काठमाडौं । यस वर्षकाे २०७९ कियाचु इमानसिंह चेम्जोङ पुरस्कार निशेष आङदेम्बेको निबन्ध कृति ‘थिक् नेशेन्’लाई दिइने भएको छ।

पुस ६ गते बसेको पुरस्कार निर्णायक समितिको बैठकले यस वर्षको कियाचु इमानसिंह चेम्जोङ पुरस्कार आङदेम्बेको कृतिलाई दिने निर्णय गरेको हो।

पुरस्कार लिम्बू/याक्थुङहरूका राष्ट्रिय विभूति स्वर्गीय इमानसिंह चेम्जोङको १२० औँ जन्म जयन्तीका अवसर पारी हस्तान्तरण गरिने किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापोले बताइन्।

 

आङदेम्बेको कृति थिक् नेशेन्

 

आङदेम्बे विगत लामो समयदेखि भाषा, कला, साहित्य, संस्कृति, शिक्षा, सञ्चार र समाज सेवाका क्षेत्रमा अनवरतरूपमा सक्रिय छन्। थिक् नेशेन् निबन्धसंग्रहका साथै उनका विभिन्न लेखरचना पत्रपत्रिकामा प्रकाशित छन्।

पुरस्कार ललितपुर जिल्ला चुम्लुङ हिममा गरिने एक कार्यक्रमका बीच पुस १७ गते हस्तान्तरण गरिने तुम्बापोले बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here