उपप्रधानमन्त्रीसहित गृह र भौतिक पूर्वाधार मन्त्रालय रास्वपाकाे दाबी

50

काठमाडौं । राष्ट्रिय स्वतन्‍त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सामेल हुने भएको छ । स्रोतका अनुसार लामिछानेले उपप्रधानमन्त्रीसहित गृह र भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेका छन् ।

अहिले नयाँ बानेश्वरस्थित संघीय ससंद् भवनमा बसिरहेकको सत्ता गठबन्धनको बैठकपछि कुन पार्टीले कुन मन्‍त्रालय पाउने भन्ने टुंगो लागेपछि सबै कुरा स्पष्ट हुने बताइएको छ ।

सभापति लामिछानेले  ‘अहिले संसद् भवनमा बैठक बस्दै छ । म त्यहाँ जाँदैछु । बैठकपछि मात्रै सबै कुरा भन्नु उचित होला । ‘

उनले रास्वपाले कुन मन्त्रालयले पाउने भन्ने टुंगो लागेपछि मात्रै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पार्टीले तय गर्ने जानकारी दिए । प्रतिनिधिसभामा रास्वपा २० सिटसहित चौथो ठूलो दल बनेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेसँगै रास्वपा सरकारमा जाँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here