काठमाडौं । नागार्जुन नगरपालिका-१० स्युचाटार नजिक घरमा छतको फल्स सिलिङ लगाउने क्रममा करेन्ट लागेर सप्तरी घर भई हाल स्युचाटार डेरा गरी बस्ने २८ वर्षीय दुर्गानन्द चौधरीको आइतबार साँझ मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















