बेग्लै धारको शर्टमूभि ‘उच्च शिक्षा’ माघ ११ गते कीर्तिपुर सिनेप्लेक्स हलमा प्रिमियर शो

105

– ललेन्द्र शाक्य
“शर्टमूभि ‘उच्च शिक्षा’ मात्र १७ मिनेटको चलचित्र हैन, उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुको लागि एक गम्भीरताले भरिएको एक अलौकिक शिक्षा हो ।”
यो विचार माघ ११ गते कीर्तिपुरको पांगास्थित कीर्तिपुर सिनेप्लेक्स हलमा प्रिमियर शो हुनलागेको शर्टमूभि ‘उच्च शिक्षा’का निर्देशक, सम्पादक एवं लेखक रजिन महर्जनको हो ।
मगन इन्टरटेन्टमेन्टको ब्यानरमा निर्मित शर्टमूभि ‘उच्च शिक्षा’ नेपालभाषाको चलचित्र हो भने नेपाली भाषामा पनि रिलिज हुने जानकारी महर्जनले दिनुभएको छ । माघ ११ गते प्रिमियर शोपछि माघ १२ गते श्रीपंचमीका दिन मगन इन्टरटेन्टमेन्टको अफिसियल यूट्युब च्यानलमा यो शर्टमूभि ‘उच्च शिक्षा’ अपलोड हुने जानकारी पनि महर्जनले दिनुभएको छ ।
नामै काफी छ ‘उच्च शिक्षा’, अवश्य पनि यस सर्टमूभिले केही न केही त शिक्षा दिने नै छ र चलचित्रको नामकै आधारमा एक हेर्नै पर्ने सर्टमूभिको रुपमा चलचित्र जगतमा बामे सरेको छ ।
२०७९ श्रावण महिनादेखि शर्टमूभि ‘उच्च शिक्षा’ निर्माणको शुभारम्भ भएको थियो । १७ मिनेटको शर्टमूभिको लागि यति लामो ५–६ महिना समय बित्दा पनि किन रिलिज भएन त ? भन्ने प्रश्नमा लेखक, सम्पादक एवं निर्देशक रजिन महर्जन भन्नु हुन्छ, ‘यो सर्टमूभिमा हाम्रो टिमबाट दिलोज्यान अर्पण गरेको छ । एक यथार्थवादी, समाजमा चल्दै आइरहेको गम्भीर एवं संवेदनशील विषयवस्तु र सत्यताको कथालाई मार्मिकताले भरिएको एक अलौलिक शिक्षाको रुपमा प्रस्तुत गरेका छौं । उच्च शिक्षाबाट अवश्य पनि दर्शकहरुले एक सच्चा एवं सही शिक्षा लिनेछ भन्ने पक्षमा हाम्रो टिम विश्वस्त छौं ।’
बास्तबमा शर्टमूभि ‘उच्च शिक्षा’को टिजर पनि सार्वजनिक भइसकेको छ । उक्त टिजरबाट नै सम्पूर्ण दर्शकहरुले अनुमान गर्न सहजीकरण हुन्छ कि शर्टमूभि ‘उच्च शिक्षा’भित्र केही न केही सकारात्मक पक्ष अवश्य लुकेको छ भन्नेतिर । अनि सम्पूर्ण दर्शकको आँखा अवश्य पनि रसाउँछ नै भन्नेतिर टिजर हेरेपछि हामी ठोकुवा गर्न सक्छौं ।
शर्टमूभि ‘उच्च शिक्षा’का निर्देशक, लेखक एवं सम्पादक रजिन महर्जनले माघ ११ गते कीर्तिपुर सिनेप्लेक्समा प्रिमियर शो हुनुभन्दा अगाडि एक पत्रकार सम्मेलन पनि गर्ने योजना रहेको बताउनु भएको छ । उहाँ भन्नु हुन्छ, ‘दर्शकहरुको लागि हामी चलचित्र निर्माण गर्छौ, जुन चलचित्र प्रत्येक दर्शकसामू पु¥याउन मार्गदर्शकको रुपमा पत्रकार एवं संचारमाध्यम हो भन्ने ठम्याई हाम्रो टिमले लिएको छ । एक हिसाबले भन्नु पर्दा पत्रकार र संचारमाध्यम हाम्रो लागि भगवानभन्दा पनि उच्च ओहोदामा रहेका छन् । उहाँहरुले हामीलाई साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास हाम्रो टिमले लिएको छ ।’
शर्टमूभि ‘उच्च शिक्षा’मा प्रमुख पात्रदेखि सम्पूर्ण सहायक पात्रहरुले जीवन्त अभिनय गरेको विचार पनि निर्देशक, सम्पादक एवं लेखक रजिन महर्जनको रहेको छ । हुन पनि यस सर्टमूभिमा चर्चित कलाकार कृष्णभक्त महर्जन, बहुप्रतिभाशाली कलाकार लक्ष्मीकुमार महर्जन उदास, प्रतिभावान युवा कलकार क्रिशल श्रेष्ठ, सुदीप भाजु, विनोद महर्जन, सकिना भट्ट, श्रयाम महर्जन, आयुष महर्जन, प्रलिन श्रेष्ठको अभिनय रहेको छ ।
यस्तै, श्रृंगारमा सरोज पाण्डे, सिनेमाटोग्राफरमा उत्तम हुमागाइँ, सहायक निर्देशकमा विक्रम महर्जन, कलरिष्टमा संजीवरत्न शाक्य, प्रोडक्सन म्यानेजरमा बिभुराज आचार्य, निर्मातामा रामचन्द्र महर्जन र जमुना महर्जनको टिम रहेको छ ।
मगन इन्टरटेन्टमेन्टको लागि रजिन महर्जन र टिमबाट निर्माण गरिएको शर्टमूभि ‘उच्च शिक्षा’को लागि श्लोगानको रुपमा ‘एजुकेशन फर अ कमर’ राखिएको छ । यो श्लोगानबाट पनि शर्टमूभि ‘उच्च शिक्षा’ले सनसनी फैलाएको छ । तर शर्टमूभि ‘उच्च शिक्षा’ माघ ११ गते कीर्तिपुर सिनेप्लेक्स हलमा र माघ १२ गते श्रीपंचमीका दिन मगन इन्टरटेन्टमेन्टको अफिसियल यूट्युब च्यानलमा अपलोड पछि हेर्न बाँकि नै छ । प्रतिक्षा गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here