तमु ल्होसार पर्व धुमधामका साथ मनाउँदै गुरुङ समुदाय

55

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व धुमधामका साथ मनाइरहेका छन् ।

गुरुङ समुदायको बाक्लो बस्ती रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार भव्यताका साथ मनाउने गरिन्छ ।

काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले भने टुँडिखेलमा भेला भएर यो पर्व मनाइरहेका छन् । गुरुङ समुदायहरु आफ्नो संस्कृति झल्काउने पोशाकसहित र्‍याली गरेर सांस्कृतिक कार्यक्रमका सहभागी हुन टुँडिखेल पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here