काठमाडौं नाइट्सले नेपाल टी २० लिगमा जनकपुर रोयल्ससामु १८१ रनको विजयी लक्ष्य प्रस्तुत

75

काठमाडौं ।  सुनाम गौतम र रायन वर्लको उत्कृष्ट ब्याटिङमा काठमाडौं नाइट्सले नेपाल टी २० लिगमा जनकपुर रोयल्ससामु १८१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार पारेको हो।  चौथो विकेटका लागि सुनम र रायन वर्लले ८४ रनको साझेदारी गरे। सुनम ६२ रनमा क्याच आउट भए। ४७ बलको सामना गरेका सुनमले ४ चौका र ४ छक्का हाने। रायन वर्ल ६१ ननटआउट रहे। ४० बलको सामना गरेका रायनले ४ चौका र ३ छक्का हाने।

एलेक्स ब्लेक २०, अजमतुल्लाह ओम्जाइ १० र विरनदिप सिंह ९ रनमा पवेलियन फर्के। कप्तान ज्ञानेन्द्र मल्ल डकआउट भए। लिगका ५ खेलमध्ये ३ खेलमा मल्ल डक आउट भएका हुन्। लोकेश बम १० रनमा रनआउट भए।   जनकपुरका जितेन्द्र मुखियाले ३ विकेट झारे। सरफुद्दिन अस्रफ, त्रिभोन ग्रिफ्रिटले एक एक विकेट आफ्नो नाममा गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here