प्रधानमन्त्री ‘प्रचण्ड’ ले पुस २६ गते संसदमा विश्वासको मत लिने

103

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते संसदमा विश्वासको मत लिने भएका छन्।

पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका प्रचण्डले २६ गते विश्वासको मत लिने विषय संसदको कार्यसूचीमा राख्न पत्र पठाएका छन्।

‘२६ गते विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्न प्रधानमन्त्रीले पत्र पठाउनुभएको छ,’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने।

प्रचण्ड संविधानको धारा ७६ को उपधारा २ बमोजिम सात दलको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। यसरी प्रधानमन्त्री बनेका  व्यक्तिले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

नयाँ प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते बस्न लागेको छ। संसद सुरू भएको अर्को दिन नै प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here