स्नातकोत्तर तहको म्याचिङमा अपग्रेड सिस्टम नै कार्यान्वयन गर्न आदेश

80

काठमाडौं । सर्वोच्च अदालतले चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहको म्याचिङमा अपग्रेड सिस्टम नै कार्यान्वयन गर्न आदेश दिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले चिकित्सा शिक्षा आयोगले एमडी तथा एमएसमा विद्यार्थी भर्ना गर्दा प्राथमिकता निर्धारण तथा म्याचिङ प्रणालीसम्बन्धी कार्यविधि भर्ना लिने समयमा संशोधन गरिएकाले सोको कार्यान्यन तत्काल नगर्न आदेश दिएको हो । साथै सर्वोच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ ।

आयोगले एमडी तथा एमएसमा विद्यार्थी भर्ना गर्दा प्राथमिकता निर्धारण तथा म्याचिङ प्रणालीसम्बन्धी कार्यविधि भर्ना लिने समयमा संशोधन गरिएकाले सो संशोधनमा बदनियत देखिएको भन्दै विद्यार्थीहरूले रिट दायर गरेका थिए । उनीहरूले चिकित्सा शिक्षा आयोगले संशोधन गरेको म्याचिङ प्रणालीसम्बन्धी कार्यविधिलाई कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट हालेका हुन् ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, चिकित्सा शिक्षा आयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको थियो । सो कार्यविधि बदनियतपूर्ण भएको भन्दै विद्यार्थीहरूले गत १४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । राजधानी दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here