स्ववियु निर्वाचन चैत ५ गते गर्न त्रिविको प्रस्ताव

42

काठमाडौं । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु निर्वाचन चैत ५ गते गर्न प्रस्ताव गरेको छ।

निर्देशनालयले चैत ५ मा स्ववियु निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद बैठकमा पेश गरेको एक पदाधिकारीले जनाए । त्रिवि कार्यकारी परिषद बैठकले चुनावको मिति तोक्छ। त्यसका लागि शुक्रबार बैठक बस्दैछ। चुनावको मिति तोकेपछि कार्यतालिका सार्वजनिक गर्ने तयारी छ। वि.सं. २०६५ देखि स्ववियु चुनाव हुन सकेको छैन।

त्रिविले यसअघि २० विद्यार्थी संगठनहरूसँग छलफल गरी स्ववियु चुनावको तयारी थालेको थियो। स्ववियुमा २८ वर्षे उमेरहद लागु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here