काठमाडौँ बंगलादेशमा हुने साफ यू–२० महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिएका छन्। टोलीका मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले प्रशिक्षणमा रहेका ४१ खेलाडीमध्येबाट ११ खेलाडी बाहिर राख्दै ३० सदस्यीय टोलीको घोषणा गरेका छन्।
च्याम्पियनसिप फेब्रुअरी ३ देखि ९ सम्म बगंलादेशको ढाकामा हुनेछ। ३० सदस्यीय टोली गोलरक्षक : कविता विक, सावित्री किसान, लिला जोशी, पुजा जोशी, सुजता तामाङ डिफेन्डर : सविना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्य यास्माली मगर, प्रतिक्षा चौधरी, गंगा रोकाया मिडफिल्ड : कुमारी तामाङ, तुलसा बोहोरा, सुस्मा जिटी, कुसुम खतिवडा, जेनिफर राना, सराह बज्रचार्य, सुनकला राई, मनमाया दमाइ, प्रिती राई, अञ्जली मचामासी, सरस्वती हमाल, हिमा रावत, दिपा शाही फरवार्ड : गरिमा राई, अमिसा कार्की, ममता पुन, अञ्जली चन्द, सदिपा भोलान


















