भलिबल च्याम्पियनसिपमा न्यु डायमन्ड क्लबले विजय सुरुआत

189

सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा न्यु डायमन्ड क्लबले विजय सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार भएको पहिलो खेलमा न्यु डायमन्ड क्लबले नयाँबजार सामाजिक युवा क्लबलाई सोझो सेटमा हराएको हो।
डायमन्डले नयाँबजारलाई २५–२,२५–८,२५–६ को सोझो सेटमा पाखा लगायो।

च्याम्पियनसिपमा आजै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र एभरेस्ट भलिबल क्लबबीच खेल हुनेछ।

च्याम्पिनयसिपको पुरुष र महिला दुवै तर्फका विजेताले समान ४ तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here