संघीय संसद्ले ल्याउने दाबी

54

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती ऐन यही अधिवेशनमा संघीय संसद्ले ल्याउने दाबी गरेका छन्।  मंगलबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले कर्मचारीहरुका मागलाई सम्बोधन गर्न यस्तो ऐनका लागि विधेयक तत्काल दर्ता गरि अघि बढाउन आफूले निर्देशन दिएको उनले जनाए। लामो समयदेखि संघीय निजामती ऐन नबन्दा कर्मचारी समायोजन हुन सकेको छैन।

कर्मचारी समायोजन नहुँदा केन्द्रमा कर्मचारी थुप्रेका छन् भने प्रदेश र स्थानीय तहले पाउन सकेका छैनन्। त्यस्तै, कर्मचारीका अन्य समस्याहरु पनि ऐन नहुँदा हुन सकेका छैनन्। यी सबै कुरालाई ख्याल गर्दै सरकारले यही अधिवेशनमा ऐन बनाउने प्रधानमन्त्री प्रचण्डले प्रतिवद्धता गरेका हुन्। संविधान जारी भएलगत्तै २०७२ सालमा उक्त ऐन ल्याउनुपर्ने थियो। तर, सात वर्षदेखि ऐन आउन सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here