राष्ट्रपतिबाट पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

89

काठमाडाैं । आज ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस। विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

यसैबीच पृथ्वी जयन्तीका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वीनारायणको सिंहदरवारस्थित शालिकमा माल्यार्पण गर्न पुगेकी हुन् ।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो। त्यसअघि विभिन्न समूहले र्‍याली तथा विभिन्न सांस्कृतिक झाँकीसमेत निकालिएको थियो। पृथ्वी नारणण शाहले नेपाल एकीकरणमा महत्वपूर्ण योगदान दिएको स्मरणमा पृथ्वी जयन्ती मनाउने गरिएको छ ।पृथ्वी जयन्तीमा सरकारले यसपटक सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here