हिजोमात्रै प्रधानमन्त्री दाहालले संसद्मा विश्वासको मत लिएका थिए । त्यसको भोलिपल्ट आज उनले मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरि गठबन्धनको महत्वपूर्ण घटक नेकपा (एमाले) का अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री दाहालको चाहना छ ।


















