रबि लामिछानेलाई कलंकित बनाउने खेल !

51

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानने खोलेको फाउन्डेसन ‘रवि लामिछाने फाउन्डेसन’ लाई सरकारले ४ करोड रुपैयाँ बढी रकम भुक्तानी गरिएको पाइएको छ । फाउन्डेसनले कालिकोटको रास्कोटमा रास्कोट अस्पताल निर्माण गरेको थियो । उक्त फाउन्डेसनको ऋण चुक्ता गर्न ४ करोड १२ लाख रुपैयाँ भुक्तानी गरिएको अर्थमन्त्रालय श्रोतले बताएको छ ।

धेरै जसो वैदेशिक रोजगारीमा गएकाहरुबाट सहयोग संकलन गरी अस्पताल निर्माण सुरु गरिएको थियो । पछि अस्पताल निर्माणमा ऋण लागेको भन्दै फाउन्डेसनले ४ करोड ९० लाख रुपैयाँ सरकारसँग माग गरेको थियो । माग गरिएको रकम करिब ५ करोड भए पनि ४ करोड रुपैयाँ बढी मात्रै रकम भुक्तानी भएको रास्कोट नगरपालिकाका मेयर धर्मराज शाहीले बताए ।

‘यस विषयमा मलाई भन्दा पनि अस्पतालको आधिकारिक मान्छेलाई धेरै थाहाँ छ उहाँसँग कुरा गर्नुस्’ भन्दै उनले अस्पतालका कौशल न्यौपानेलाई फोन दिए । मेयरकै फोनबाट केटिएम भ्वाइससँग कुरा गरेका न्यौपानेले आफूलाई ठ्याक्यै रकम भने थाहाँ नभएको बताए । ‘हामीले मागेको ४ करोड ९० लाख हो, त्यसमध्ये मागेको भन्दा कम आएको छ’ उनले भने, ‘तर यो यो आर्थिक वर्षका लागि होइन, पहिल्यै खर्च भइसकेको रकमको भुक्तानीका लागि हो ।’ उक्त अस्पताल अहिले फाउन्डेसनले नगरपालिकालाई जिम्बा लगाइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here