ह्वाइटहाउस यु-१९ बास्केटबल प्रतियोगितामा ११ टोली सहभागी

43

काठमाडाैं । ह्वाइटहाउस यु-१९ बास्केटबल प्रतियोगितामा ११ टोली सहभागी काठमाडौं अन्डर-१९ बास्केटबल प्रतियोगिता हुने भएको छ।

तिनकुनेस्थित हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजको आयोजना माघ २ गतेदेखि ९ गतेसम्म काठमाडौँ हुने प्रतियोगितामा विभिन्न कलेज र प्रतिष्ठानका ११ टोली सहभागी हुने भएका छन्।

‘चिसो मौसममा विद्यार्थीहरूलाई खेलकुदबाट स्वास्थ्य सचेतना र नेतृत्व विकासका लागि अन्तर कलेज स्तरीय प्रतियोगिता आयोजना गरेका हौँ’ – कलेजका कार्यकारी निर्देशक नारायण काफ्लेले भने। उनका अनुसार माघ २ गते देखिनै हिमालयन ह्वाईटहाउस कलेजमा विद्यालय स्तरका विद्यार्थी सहभागी हुने ‘स्पोर्टस् मिट’ पनि हुँदैछ। बास्केटबलबाहेक पनि क्रिकेट, भलिबल, फुटसल, टेबल टेनिस लगायतका खेलहरूमा उक्त कार्यक्रमका ह्वाइटहाउस कलेजकै विद्यार्थीहरूले प्रतिस्पर्धा हुनेछ।

अन्तर कलेज बास्केटबल प्रतियोगितामा भने काठमाडौं उपत्यकाभित्रका कलेज र प्रतिष्ठानका गरी ११ टोली सहभागी हुनेछन्। प्रतियोगिताको विजेता टोलीले नगद बिस हजार र मेडल तथा प्रमाणपत्र र उपविजेता टोलीले नगद दश हजार प्राप्त गर्ने कलेजका खेलकुद विभाग प्रमुख गगन आचार्यले बताए। ट्रिनिटी, जेभिएर, निस्ट कलेज, टाइम्स कलेज, ज्ञान निकेतन कलेज, ग्राण्डी स्पोर्टस् सेन्टर, ह्वाइटहाउस कलेज, एलआरआई, ओमेगा कलेज, रोयल स्पोर्टस् एकेडेमी र बलर्स एकेडेमी लगायतका टोली सहभागी भइरहेको आचार्यले बताए।

थप सूचना तथा जानकारीका लागि: सतिश प्रधान – 9841547759 गगन आचार्य – 9801846819

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here