आफ्नै दाइको हत्या गरेको अभियोगमा पक्राउ

54

नुवाकोट । आफ्नै दाइ ५२ वर्षीय जगत गौचन तामाङको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा बेलकोटगढी नगरपालिका-९ नलगाउँ बस्ने ३२ वर्षीय ईन्द्र सिंह तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईन्द्र सिंहले मादक पदार्थ सेवन गरी घरायसी विवाद झै-झगडा हुँदा लाठीले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका जगतको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here