उपसभामुखका लागि रास्वपाबाट इन्दिरा रानाकाे उम्मेदवारी

54

काठमाडौं । प्रतिनिभिसभाको उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा रानाले उम्मेदवारी दर्ता गरेकी छिन। शुक्रबार संघीय संसद् सचिवालमा उनले मनोनयन दर्ता गरेकी हुन्।

उनलाई सत्तारूढ गठबन्धनको समर्थन रहेको छ। उनलाई रास्वपाकै सोविता गौतमले प्रस्ताव गरेकी हुन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन्।

सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार सवा ४ बजे मनोनयन दर्ताको अन्तिम नामावली प्रकाशन हुनेछ। सत्ता गठबन्धनबाहिर रहेको र सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले निर्णय गरिसकेको छैन। प्रतिनिधिभा सभामुखमा बिहीबार एमालेका सांसद देवराज घिमिरे निर्वाचित भइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here