मैत्रीपूर्ण खेलमा पिएसजीसँग रियाद अदल स्टार पराजित

52

एजेन्सी । विश्व च्याम्पियन लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोबीच गएराति भएको मैत्रीपूर्ण खेलको उद्‍घाटन बलिउड महानायक अमिताब बच्चनले गरेका छन्।

बिहीबार राति रंगशालमा पुगेर बच्चनले लियोनल मेसी, क्रिष्टियानो रोनाल्डो, नेयमार र केलियन एम्बाप्पेसँग हात मिलाएका थिए  । उक्त तस्बिरलाई सामाजिक सञ्जालमा बच्चनले पिएसजीविरूद्धको रियाद सिजन अद्‍भुत भएको प्रतिक्रिया दिएका छन्।

‘रियादको यो साँझ कस्तो रमाइलो। क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी एम्बाप्पे र नेयमार खेलिरहेका छन् र त्यो खेल उद्घाटनका लागि अतिथिका रूपमा मलाई आमन्त्रण गरिएको छ। पिएसजी विरूद्ध रियाद सिजन अद्भुत,’ उनले भनेका छन्।

बिहीबार राति साउदी अरेबियाको राजधानी रियादमा भएको रियाद सिजन टोली र पेरिस सेन्ट जर्मेन (पिएसजी) बीच भएको निकै रोमाञ्चक मैत्रीपूर्ण खेलमा अधिकांश समय १० खेलाडीमा खेलेको फ्रान्सेली टोली पिएसजीले ५-४ को जित निकालेको हो।

पिएसजीको लागि लियोनल मेसी, मार्किन्होस, सर्जियो रामोस, केलियन एम्बाप्पे र हुगो एकिटिकेले एक-एक गोल गरेका थिए।

साउदी अरेबयन अल नासर र अल हिलालसम्मिलिति अल स्टार्सका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा ह्युन सु जाङ र एन्डर्सन टालिस्काले समान एक-एक गोल गरे ।

खेलको तेस्रो मिनेटमै लिओनेल मेसीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। नेयमारको पासमा मेसीको प्रहार साउदी अरेबियाका गोलकिपर मोहम्मद अल ओवाइसले रोक्न सकेनन्। खेलको ३४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याए। पाएको पेनाल्टीलाई उनले टप कर्नरमा गोल गरे।रोनाल्डोले पेनाल्टीमा गोल फर्काएको केहि मिनेटमा पिएसजी १० खेलाडीमा सिमित भएको थियो।

अल स्टार्सका खेलाडीलाई काउन्टर अट्याक बलमा लडाएपछि जुआनलाई कतारी रेफ्री अब्दुल्रहमान अल जासिमले सिधै रातो कार्डको देखाएका थिए। कप्तान मार्किन्हसले खेलको ४३ औं मिनेटमा गोल गर्दै पिएसजीलाई पुनः अग्रता दिलाए। उनले केलियन एम्बाप्पेको पासलाई सदुपयोग गरे । १ खेलाडी कम भए पनि पिएसजीले अग्रता बढाउने मौका गुमायो। इन्ज्युरी समयमा नेयमार पेनाल्टीमा चुकेका थिए।

नेयमारलाई पेनाल्टी क्षेत्र भित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पिएसजीलाई पेनाल्टी दिए। तर नेयमारको पेनाल्टी गोलरक्षक अल ओवाइसले बचाएका थिए।  त्यसको केही मिनेटमै रोनाल्डोले बराबरी गोल फर्काए। रोनाल्डोको सुरुवाती हेडर पोस्टमा लागेर फर्केपछि सर्जियो रामोसले राम्रो क्लिअरेन्स गर्न नसक्दा रिबाउन्डमा रोनाल्डो चुकेनन्। यो सँगै पहिलो हाफ २-२ गोलको बराबरीमा सकियो।

दोस्रो हाफको सुरूवातमा नै पिएसजीले सर्जियो रामोसको गोलमा अग्रता लियो। खेलको ५३औं मिनेटमा पिएसजीले तेस्रो पटक अग्रता बनायो। केलियन एम्बाप्पेले बक्स भित्रबाट मिलाएको पासलाई रक्षक रामोसले सहजै फिनिसिङ गरेका थिए।तर त्यसको तीन मिनेटमै जाङ ह्युन सुले हेडरमार्फत गोल गर्दै खेललाई पुन: बराबरीमा ल्याए। तर बराबरी भएको केही समयमै पिएसजीका लागि एमबाप्पेले पेनाल्टीमार्फत अग्रता दिलाए। मेसीको प्रहार अली अल बुलायहीले हातले रोकेपछि पिएसजीले पेनाल्टी पाएको थियो उक्त पेनाल्टीमा एम्बाप्पेले सहज गोल गरे।

एम्बाप्पेको स्थानमा मैदान छिरेका युवा फरवार्ड ह्युगो एकिटिकेले ७८ औं मिनेटमा गोल गर्दै पिएसजीलाई ३-५ को अग्रतामा पुर्‍याए। उनले काउन्टर अट्याकमा आएको बललाई अघि बढाउँदै वान भर्सेस वानको अवस्थामा सुन्दर फिनिस गरे। तर इन्ज्युरी समयको अन्त्यमा रियादका एन्डरसन टालिस्काले गोल गर्दै खेललाई ४-५ को स्थितिमा पुर्‍याए। यद्यपि हारबाट जोगाउन सकेनन्।

फ्रेन्च लिग वान च्याम्पियन यतिबेला एसिया भ्रमणमा छ। टोली कतारहुँदै साउदी अरेबिया भ्रमणमा आइपुगेको हो। रोनाल्डो विश्वकपपछि कीर्तिमानी मुल्यमा साउदी अरेबियन क्लब अल नासर अनुबन्ध भएका छन्। मैत्रीपूर्ण खेलको प्लेयरअफ अफ दि म्याच २ गोल गरेका रोनाल्डो नै भए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here