भारतमा बिबिसीद्वारा प्रसारित डकुमेन्ट्री रोक

92

एजेन्सी । बिबिसी वर्ल्डद्वारा निर्मित र प्रसारित एउटा डकुमेन्ट्रीलाई भारत सरकारले प्रसारणबाट रोक लगाएको छ।

५९ मिनेट लामो उक्त डकुमेन्ट्रीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई गुजरातको गोदरामा भएको साम्प्रदायिक दंगामा ठूलो संख्यामा मुस्लिमहरु मारिनुमा त्यत्तिबेला मुख्यमन्त्री रहेका मोदीको प्रत्यक्ष संलग्नता रहेको निष्कर्षका साथ सार्वजनिक उक्त डकुमेन्ट्रीलाई तत्काल भारत सरकारले प्रतिबन्ध लगाएको हो।

भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयका वरिष्ठ सल्लाहकार कञ्चन गुप्ताका अनुसार टिभी च्यानलहरुलाई आपत्तिजनक दृश्य तथा ‘फुटेज’हरु नदेखाउन, प्रसारण तथा वितरण नगर्नसमेत आग्रह गरिएको छ।

डकुमेन्ट्रीका भेषमा जारी उक्त भारत विरोधी ‘फोहोर’लाई भारतको सार्वभौम कानुन र नियमअन्तर्गत प्रतिबन्ध लगाएको उनले बताएकी छन्। ‘इन्डिया : द मोदी क्वेश्चन’  शीर्षकमा बिबिसी वर्ल्डले उक्त डकुमेन्ट्री सार्वजनिक गरेको थियो।

भारतका सूचना र प्रसारण सचिवद्वारा ट्विटर तथा युट्युबलाई पनि उक्त डकुमेन्ट्रीसँग सम्बद्ध सबै सामग्रीहरु हटाउन निर्देशन पनि दिइएको छ। आइटी रुलको आपत्‌कालीन नियमअनुसार यो निर्देशन दिइएको बताइएको छ।

उक्त विषय बेलायतको संसदमा पनि उठेको छ। के ‘वैदेशिक तथा कमनवेल्थ मामिला’का मन्त्रीले भनेजस्तै गुजरातको नरसंहारमा मोदीको संलग्नता छ भनी एक सांसदले उठाएको प्रश्नमा प्रधानमन्त्री ऋषि सुनकले सरकारको मान्यता त्यस्तो नभएको छोटो जवाफ दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here