प्रिती राईको कप्तानीमा यू–२० महिला २३ सदस्सीय नेपाली टोलीको घोषणा

118

काठमाडौं । मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले सोमबार यू–२० महिला साफ च्यामिपयसिप प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार गुरुङले बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिताका लागि प्रिती राईको कप्तानीमा २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेका हुन् ।

प्रशिक्षक गुरुङले प्रशिक्षणमा रहेका ३० बाट २३ खेलाडीमा झारेका छन् ।

फेब्रुअरी ३ देखि ९ सम्म हुने प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, भारत र भुटानले प्रतिस्पर्धा गर्नेछन् ।

राउन्ड रोबिन लिग प्रणालीमा खेलाइने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो खेलमा आयोजक बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टिम
गोलकिपर :
 कविता बिक, सावित्री किशन, लिला जोशी ।

रक्षपंक्ति : सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ ।

मिडफिल्ड : तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई (कप्तान), अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही ।

फरवार्ड : गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here