साउदी सुपर कपकाे सेमिफाइनलमा रोनाल्डो टिमकाे हार

51

काठमाडौं । क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर क्लब साउदी सुपर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । रोनाल्डोको आगमनबाट निकै उत्साहित बनेको अल नासरले रोनाल्डोको डेब्यु लिग खेलमा जित निकालेको थियो । तर साउदी सुपर कपमा भने अल नासर अल इत्तेहादसँग सेमिफाइनलमा ३-१ ले पराजित भयो । साउदीमा रोनाल्डोले लगातार दुई खेलमा गोल गर्न सकेका छैनन् ।

अल इत्तेहादलाई जिताउन रोमारिन्हो, हमदालाह र अल शानक्वीटीले गोल गरे । अल नासरका लागि तलिस्काले एक गोल फर्काए ।

अर्को सेमिफाइनलमा अल फायहाले साविक विजेता अल हिलाललाई १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । अब उपाधिका लागि हल इत्तेहाद र हल फायहाबीच आगामी आइतबार खेल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here