एमालेका अध्यक्ष ओली र अमेरिकी उपमन्त्री नुल्यान्डबीच भेटवार्ता

76

 

काठमाडौं  । नेपालको दुई दिने भ्रमणमा रहेकी अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले सोमबार एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छन् ।

एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा ओली र नुल्यान्डबीच भेटवार्ता भएको हो ।

उक्त अवसरमा दुई पक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको संसदीय दलका एक अधिकारीले जानकारी दिए ।

नुल्यान्डले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेकी छन् । उनले अब परराष्ट्रमन्त्री विमला राई पौड्याललाई भेट्ने छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here