काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरेको छ।
ठाकुरले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग घुस मागेको अडियो प्राप्त भएपछि मन्त्रालयले नागरिक उड्यन प्राधिकरणका महानिर्देशकलाई पत्राचार गरेको हो।
मन्त्रालयले विज्ञप्तिमार्फत ठाकुरले गैरकानूनी लाभ लिने (घुस) उद्देश्यले गरेको कुराकानीको श्रव्य सामाग्री प्राप्त भएपछि छानबिनका लागि उनलाई निलम्बन गरिएको जनाएको छ।
मन्त्रालयले उनीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पत्राचार गरेको छ।



















