फागुन ५ गतेदेखि मण्डला नाटक घरमा नाटक “मुनमुन” मञ्चनको तयारीमा

71

काठमाडौं । साहित्यका र लेखक बुद्धि सागरको उपन्यास ‘फिरफिरे’बाट प्रेरित नाटक “मुनमुन” मञ्चनको तयारीमा रहेको छ ।

बुद्धि सागरद्वारा लिखित चर्चित उपन्यास ‘फिरफिरे’बाट प्रेरित रहेर नाटक मञ्चन गर्न लागिएको हो ।

नाटकको लेखन तथा निर्देशन सम्राट् भुजेलले गर्नुभएको हो भने, श्रीसेस श्रेष्ठको सह-निर्देशनमा नाटक तयारी भएको हो । नाटकमा किशोर महर्जनको सङ्गीत रहेको छ ।

नाटकमा मनीषा ओझा, श्रीशेष श्रेष्ठ, सम्राट् भुजेल, प्रविन खरेल, सन्तोष गिरि, प्रशंसा सिवाकोटी, दिग्गज खत्री, सृष्टि महर्जन, दीपेश गजुरेल, अरुण शाह, सवि थापा, रिता साइजु, भुवन लुहार, मनोज पोख्रेल, किशोर थापा, विशाल बुढा क्षेत्रीको अभिनय रहेको छ ।

फागुन ५ गतेदेखि २० गतेसम्म बानेश्वर थापागाउँ स्थित मण्डला नाटक घरमा “मुनमुन” सोमबार बाहेक हरेक दिन साँझ ५:१५ बजेबाट मञ्चन हुने बताइएको छ भने, शनिवार दिउँसो १:३० र साँझ ५:१५ मा दुई सो मञ्चन गरिने थिएटरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here