नेपालभाषा उत्थानमा अभियान्ताहरु अह्रो रात्र खतिरहे !

103

काठमाडाैं । आइतबार त्रिभुवन विश्व विद्यालयद्वारा आयोजित विभिन्न विषयको स्नातकोत्तर तहको प्रवेश परिक्षामा देशकै ठूलो मानवीकी क्याम्पस रत्नराज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा अध्ययन गर्न नेवाः देय् दबूका महासचिव सत्यनारायण डंगोल, नेवाः देय् दबूका सचिव राजन डंगोल, नेपालभाषाका बरिष्ठ गायक एवम् नेपाल लिपी गुथिका प्रशिक्षक पवित्र कसाः अमर कलेजका प्रधानाध्यापक हरिदास श्रेष्ठ, नेपालभाषा अभियान्ता प्रशान्त डंगोल, नेपालभाषा क्षेत्रका शिक्षक शिक्षिकाहरुको बाक्लो उपस्थितिमा त्रिभुवन विश्वबिद्यालय घण्टाघर भवनमा समापन भएको छ ।

सो परिक्षामा नेपालभाषा केन्द्रीय विभागको तर्फबाट ३५ जना परिक्षार्थीहरु परिक्षामा सामेल भएकोमा नेपालभाषा चलचित्र नायिका तथा भादगाउँले टेलिभिजनका प्रस्तोता सकुन्तला महर्जनको उपस्थिति थिए ।

नेपालभाषा केन्द्रिय बिभाग मै नेपालभाषा स्नात्तक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरु ह्रास हुँदै गइरहेको अवस्थामा नेपालभाषा अभियान्ता प्रशान्त डंगोल, रिदेन मर्हनको सकृयतामा २०७३ सालमा कीर्तिपुरको ह्वांकुचा टाेलबाट सुरु गरेको नेपालभाषा अभियान तब मात्र साकार भयो जब रत्न राज्यलक्ष्मी क्याम्पसमा १० जना बिद्यार्थी नेपालभाषा बिषयमा भर्ना भए र क्याम्पस प्रसाशनले नेपालभाषा बन्द भएको करिब १५ बर्ष पश्चात पुनः नेपालभाषा अध्ययन गर्ने ढाेका खुल्ला वि.स. २०७४ साल चैत १४ गते। निवर्तमान क्याम्पस प्रमुख प्रा.डा.निर्मला कुमारी सुवालले स्विकृति दिए पश्चात स्नातक तहमा नेपालभाषा पुनःस्थापना कार्य सफल भएको हो ।

नेपालभाषा अभियान्ताहरुकै पहलमा २०७५ साल श्रावण महिना ११ गते पहिलो पटक गुरु पूर्णिमाको उपलक्ष्यमा रत्न राज्य लक्ष्मी क्याम्पसमा गुरुहरुलाई सम्मान कार्यक्रम आयोजना गरियो । नेपालभाषा अभियानलाई निरन्तर सक्रीय बनाउनका लागी र नेपालभाषा अध्ययनरत विद्यार्थीहरुलाई विविध अतिरिक्त क्रियाकलापहरुमा सक्रिय बनाउने उद्वेश्यले नेवाः विद्यार्थी यूनियन स्थापना गरी नेपालभाषा अध्यनरत विद्यार्थीहरुलाई अध्ययनको अलावा विविध रचनात्मक कृयाकलापमाहरुमा सकृय बनाउने उद्वेश्यले शैक्षिक भ्रमण, बनभोज, हाइकिङ,सांस्कृतिक अवलोकन भ्रमण जस्ता विविध गतिविधिहरु सञ्चालन गर्दै अघि बढि रहे ।

२०७६ सालमा रत्न राज्य क्याम्पसमा स्नातकोत्तर तहमा नेपालभाषाको अध्यापन सुरु गर्ने उद्वेश्यले अभियान सुरु गरेर तर त्रिविको विविध प्रावधानहरु कारण, सृजित विविध बाधाअवरोधहरुले गर्दा स्नातकोत्तर तहमा नेपालभाषा अध्यापन सुचारु गर्ने नेपालभाषा अभियान्ताहरुको सपना साकार भएन । तैपनि नेपालभाषा अभियान्ताहरु चुपलागेर बस्ने नेपालभाषा अभियान्ताहरुले विभिन्न स्तरका अन्तरकृयात्मक कार्यक्रमहरु आयोजना गर्दै  आइरहेकाे छ। स्नातकोत्तर तहमा नेपालभाषा अध्यापन गराउने आधारभुत पुर्वाधारहरु तयार गर्दैलगे क्याम्पस प्रशासन संगको सहकार्यमा । क्याम्पसकै स्विकृतिमा नेपाभाषा स्नातकोत्तर तहको स्थापना गर्नको लागि निर्वतमान काठमाडौं महानगरपालिका प्रमुख बिद्याशुन्दर शाक्यको उदार बादी मनका कारण ५ बर्षसम्म बर्षसम्म १५ लाख कोष उपलब्ध गराउने सम्झौता भए पश्चात  २०७८ साल कार्तिक २६ गते शुक्रबार देखी रत्न राज्य लक्ष्मी क्याम्पसमा स्नातकोत्तर तहको अध्यापान विधिवत सुरुवात भएकाे थियाे ।

स्नातकोत्तर तहको पहिलो शैक्षिक सत्रमा २३ जना अध्ययनरत प्रथम सेमेस्तरमा कृता बज्राचार्यले उत्कृष्ट अंक ल्याउन सफल भइन् । स्नातकोत्तर तहमा नेपालभाषा विषयमा उत्कृष्ट नतिजा ल्याउने दुई जना विद्यार्थीलाई क्याम्पसको तर्फबाट छात्रबृति को पनि व्यवस्था र गरिएको छ । रत्न राज्यलक्ष्मी क्याम्पसमा ने.सं. ११०१ मा स्थापना भएको “सुकुन्दा” साहित्य पाःलाः करिब १८ बर्षपछि मंसिर २८ गते बुधबार पुनः प्रकाशनमा ल्याएको छ । नेपालभाषा अध्ययन अध्यापन सुव्यवस्थित गर्न नेपालभाषा अभियान्ताहरु अह्रो रात्र खटिरहेका छन्।अभियान्ताहरुकै सक्रियतामा पुस्तकालयमा नेपालभाषाका पुस्तकहरु राख्ने ई लाइब्रेरीमा नेपालभाषाका पुस्तकहरु राख्ने आरक्वाइबसंग ईलाइब्रेरी लिङ्कअप गर्ने कार्य भैरहेको छ । बिद्याथीहरुको चाप बढेसंगै नेपालभाषा अध्ययन अध्यापन सुव्यवस्थित पार्नकोलागि शिक्षक शिक्षिकाहरुले पनि नेपालभाषाको छुटै दिर्पाटमेन्त स्थापना गर्न क्याम्पस प्रशासनसंग बार्ता भइरहेको जानकारी गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here