नेपालका राष्ट्र प्रमुखदेखि नेताहरु भारतीय विदेश सचिवको अगाडी लम्पसार

60

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नेपालका राष्ट्र प्रमुखदेखि कार्यकारी प्रमुख र दलका नेताहरु भारतीय विदेश सचिवको अगाडी लम्पसार परेको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता बिर्सेर उनीहरु साधारण कर्मचारीको अगाडी लम्पसार परेको बताए । “नेपालको राष्ट्र प्रमुख, सरकार प्रमुखलगायत विभिन्न तहमा भेटघाट भयो । राष्ट्र सानो ठूलो हुन सक्छ । नेपालको तुलनामा भारत सबै विषयमा ठूलो छ । तर, सार्वभौमसत्ता र भौगोलिक अखण्डाले राष्ट्र सानो ठूलो हुँदैन,” उनले भने, “नेपालबाट पूर्वप्रधानमन्त्रीहरु अथवा जिम्मेवार मन्त्रीहरु जाँदा भारतीय शासकहरुलाई भेट्नै सक्दैनन् ।  निराश भएर फर्किनु पर्छ । छिमेकका प्रमुखहरु आउँदा विदेशीको अगाडी किन लम्पसार परेको । राष्ट्रिय स्वभिमानको बारेमा अलिकति पनि लाज लाग्दैन ?”

साथै, सांसद केसीले राष्ट्रपतिको चुनाव नजिकिएको अवस्थामा स्वार्थकेन्द्रित विदेशी हस्तक्षेप पनि बढेको बताए । उनले पहिले अप्रत्यक्ष रूपमा खेल्ने विदेशी शक्तिले अहिले प्रत्यक्ष हस्तक्षेप गर्न थालेको बताए । “राष्ट्रपति बनाउन शक्ति राष्ट्रपतिको चुनावमा अप्रत्यक्ष रुपमा हुने गथ्यो । अहिले प्रत्यक्ष रुपमा अनुकूल रुपमा बनाउन खेल खेलिरहेका छन् । हामीलाई लाज लाग्दैन विदेशी शक्ति राष्ट्रहरुको प्रमुख लम्पसार परेर दुनो सोझ्याउने काम गर्दा,” उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here