काठमाडौं । नेकपा एमालेले २ महिने पार्टी सुदृढीकरण तथा विस्तारका लागि शुक्रबारबाट २ महिने ‘मिसन ग्रसरुट’ सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअली माध्यमबाट प्रदेश तथा विशेष कमिटीहरूलाई सम्बोधन गर्दै सुरुवात गरेका हुन् ।
यो अभियानमा एमालेले पार्टी सदस्यता नवीकरण, कमिटीहरूको व्यवस्थापन, प्रशिक्षण, भेला, बैठक, अन्तक्रिया र स्थानीय तहको समस्याहरू बुझ्ने, पार्टीभित्रको अन्तरविरोध बुझ्ने र त्यसलाई हल गर्नेसहितको कार्यक्रम सञ्चालन गरेको छ । एमालेले सात प्रदेशमा उपाध्यक्षको नेतृत्वमा संयोजन तथा अनुगमन टोली गठन गरेको छ । केन्द्रीय नेताहरुलाई पालिकास्तरको कार्यक्रममा सञ्चालन तथा अनुगमनको लागि खटाएको छ ।
त्यसैगरी विशेष कमिटीहरुको अनुगमन तथा संयोजनको नेतृत्व विशेष कमिटीका महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल र केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारी जिम्मेवारी तोकिएको छ ।
प्रकाशित : फाल्गुन ५, २०७९ १३:२२
















