काठमाण्डौं । नेपालले खेल्ने साफ अण्डर १७ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।
दक्षिण एशियाली फुटबल संघ (साफ) ले रसियाको अण्डर १७ उमेर समूहको टोलिलाई बंगलादेशमा आयोजना हुने साफ अण्डर १७ महिला च्याम्पियनसिपमा आमसन्त्रत सदस्यको रुपमा खेलाउने भएको हो । साफले सोमबार सार्वजनिक गरेको च्याम्पियनसिपमा रसिया समेतको तालिका रहेको छ ।
च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, भारत, भुटान र रसियाको सहभागिता रहनेछ । मार्च २० देखि २८ सम्म ढाकामा हुने च्याम्पियनसिपको पहिलो खेलमा नेपालले मार्च २० मा भारत, २२ मा भुटान, २६ मा रसिया र २८ मा बंगलादेशसँग खेल्नेछ । सिङ्गल राउण्डरोबिनको आधारमा संचालन हुने च्याम्पियनसिपको शिर्ष स्थानमा रहने राष्ट्रले उपाधि जित्नेछ ।


















