आज ठूलो पानी पर्ने सम्भावना

71

काठमाडौं । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवातको कारण आज प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चक्रवातको प्रभावकै कारण आजदेखि शनिवारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना बढ्दै गएको महाशाखाले उल्लेख गरेको छ । यस्तै देशका हिमाली तथा उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात र वर्षा को सम्भावना रहेको छ।

आज रातीसम्म देशभर सामान्य देखि पूर्णतया बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन रचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बाग्मती, तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती र प्रदेश १ का हिमाली र उच्च पहाडी भूभागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत ठूलो पानीसँगै बाढी, पहिरो तथा डुबानको जोखिम हुने भन्दैसचेतता अपनाउन आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here