काठमाडौं- धरान उपमहानगरपालिकामा केही हप्तादेखि फैलिएको डेंगु नियन्त्रणबाहिर गएपछि अवस्था भयवह बन्दै गएको छ।
डेंगुबाट हालसम्म २ सय भन्दा बढी संक्रमित भेटिएको र संक्रमितको धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत स्थानीय विभिन्न अस्पतालहरूमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहोनीले जनाए। ‘अझै डेंगु नियन्त्रण बाहिरै छ, हामीले केन्द्रबाट र स्थानीय तहसँग मिलेर विभिन्न कार्यक्रम गरी डेंगु नियन्त्रणको प्रयास गरिरहेका छौँ।’
वैशाख ३० देखि जिल्लाको धरान नगरपालिकाका-१५, ८, १३ र ९ सबैभन्दा धेरै डेंगुका बिरामी भेटिएका र त्यस स्थानलाई उच्च निगरानीमा राखेर बिरामीहरूको उपचार गरिएको महानिर्देक डा. लोहोनीले जनाए। बिरामी बढ्दै गएपछि यस क्षेत्रलाई डेंगु संकटग्रस्त क्षेत्र घोषणा गरिएको पनि उनले जनाए।
वर्षातको मौसम र धेरै गर्मी भएको कारण पनि डेंगुका जिवाणु धेरै फैलिएको महानिर्देशक डा। लोहोनीले जनाए। उनले भने, ‘धेरै गर्मी र वर्षा भइरहने कारणले पनि डेंगु नियन्त्रणमा आउन नसकेको हो।’
डेंगु सार्ने एडिस प्रजातिको लामखुट्टेले जमेको सफा पानीमा फूल पार्ने र बच्चा हुर्काउने र ठूलो भएपछि सोही लामखुट्टेले टोक्ने भएकाले यो मौसममा परेको पानी घर वरपर पानी जम्मन दिन नहुने डा. लोहोनीले जनाए।
हाल सुनसरीमा पनि बिरामीको उचार र थप बिरामी नहोउन भनेर स्थानीय तहसँग मिलेर सचेतना कार्यक्राका साथै धेरै प्रभावित क्षेत्रमा घरवरपर किट छर्किएर लामखुट्टे मार्ने कार्य एकै साथ अगाडि बढाइएको डा। लोहोनीले जनाए। हाल डेंगु नियन्त्रणबाहिर गए पनि हालसम्म कसैको पनि ज्यान नगएको समेत जनाइएको छ।
लामखुट्टेले टोकेको मानिसलाई दुई दिनसम्म सामान्य टाउको दुख्ने गर्छ, दुई तीन दिनपछि लगातार ज्वरो आउँछ, टाउको दुख्ने, जोर्नी र मांशपेशी दुख्ने जस्ता लक्षण देखिन्छन्। यस्ता लक्षण देखिनासाथ चिकित्सकलाई चिकित्सकलाई देखाउनुपर्ने, घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको टोकाइबाट जोगिन झुल टाँगेर सुत्ने, घरबाहिर करेसाबारीमा काम गर्न जाँदा सकेसम्म शरीर पूरै छोपिने गरी लुगा लगाउने, घर वरपर सफा राख्ने, लामखुट्टे भएका स्थानमा किटनाशक औषधिको प्रयोग गर्नाले डेंगुको संक्रमणबाट बच्न सकिन्छ।


















