त्रिवि क्रिकेट मैदानमा कार्यरत क्यूरेटरलाई ज्ञानेन्द्र मल्लकाे यस्ताे सन्देश

105

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका खेलाडी ज्ञानेन्द्र मल्लले त्रिवि क्रिकेट मैदानमा कार्यरत क्यूरेटरलाई व्यक्तिगत सन्देश दिएका छन् ।

मंगलबार नेपालले सिरिजको चार खेलमा नै जित निकालेपछि क्युरेटरहरुको योगदानको चर्चा भएको थियो । नेपाली टोलीको जितमा धेरै ठूलो भूमिका खेलेको भन्दै प्रशिक्षक मोन्टी देशाइले पनि धन्यवाद दिएका थिए ।

ज्ञानेन्द्रको सन्दैश:

मैले खेल्न सुरु गरेकै दिनबाट यो तस्बिरमा हुनुभएका मध्ये धेरै अनुहारलाई कीर्तिपुर मैदान वरिपरि देख्दै आएको छु । प्रमुख क्युरेटर मधु दाइ, मण्डल दाइ र वहाँको परिवार लगायत वहाँहरू धेरै जना नेपाली क्रिकेटको पर्दापछाडिको खेलाडी हुनुहुन्छ र वहाँहरूको योगदान हामी ग्राउन्डमा क्रिकेट खेल्नेहरू जत्तिकै महत्वपूर्ण छ ।

आज हामी नेपाली क्रिकेट टिमले पाएको सफलतामा खुसी मनाइरहँदा वहाँहरू लगायत टियु क्रिकेट मैदानमा सघाउने सबैजना प्रसंशाको हकदार हुनुहुन्छ । तपाईँहरू सबैजनाको मेहेनत र लगनशीलताको लागि धेरै धेरै धन्यवाद छ । हामी सबै सँगसँगै बुढो हुँदै गइयो नि है?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here